प्रधानन्यायाधीश काे बन्ला ? बोलाइयो परिषद् बैठक

काठमाडौं–  प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बुधबार संवैधानिक परिषद्को बैठक बोलाइएको छ । बैठकले प्रधानन्यायाधीसमा  नाम सिफारिशमा लागि संसदीय सुनुवाई विशेष समितिमा छलफलका लागि पठाउनेछ ।

यसअघि नै  न्याय परिषद्को वैठकले वरिष्ठताका आधारमा ओमप्रकाश मिश्र र चोलेन्द्रशमसेर जवराको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ । यी दुई मध्येबाट एक प्रधानन्यायाधीश बन्नेछन् ।
यसअघि दीपकराज जोशीको नाम सिफारिस भएकोमा समितिले बहुमतको आधारमा उनको नाम अस्वीकृत गरेको थियो । त्यसपछि परिषद् नयाँ प्रक्रियामा जुटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?