के निशानको जीवितै उद्दार सम्भव थियो ?

काठमाडौँ- राजधानीको काँडाघारीबाट आइतवार साँझ अपहृत बालक निशान खड्काको जीवितै उद्दार सम्भव थियो ? विज्ञहरुको रायअनुसार, प्रविधिको प्रयोगमा सहजता र प्रहरीबीच समन्वय भएको भए बालकको जीवितै उद्दारको सम्भावना थियो । बालक अपहरणको सूचना प्राप्त भए लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौँले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो, यस्ता घटनामा ठूलो मात्रामा सुरक्षाफौज परिचालन गर्नुले अपहृत व्यक्तिको ज्यान जाने खतरा बढी हुन्छ, अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने ।
अपहरणकारीले आइतवार साँझ ८ बजे बालककी आमालाई दुई पटक फोन गरी फिरौती माग गरिसकेका थिए, ती अधिकारीले भने, ‘यस्तो बेला पीडितको परिवारलाई फिरौतीको सम्बन्धमा बार्गेनिङ गर्न दिनुपर्नेमा वर्दीधारी प्रहरीले घेरामा राख्नु प्राविधिकरूपमा उचित होइन ।’   गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

बालक अपहरण परेको खबर पाउना साथ महानगरीय प्रहरी परिसरले मात्रै होइन महानगरीय प्रहरी अपराध महाशाखाले पनि घटनास्थल वरपर ठूलो मात्रामा वर्दिधारी प्रहरी खटाएको थियो । शादा पोशाकका सुराकी गर्ने प्रहरी खटाउनुपर्नेमा मुठभेडमा उत्रने जस्तो गरी वर्दिधारी प्रहरीको बाक्लो परिचालनले गर्दा अनुसन्धानमा कठिनाई भएको प्रहरीको दाबी छ ।
अपहृत बालककी आमा चमेली खड्कालाई प्रहरीले आफ्नै भ्यानमा राखेर अपहरणकारीसँग फिरौतीको ‘बार्गेनिङ’ गर्न लगाएको थियो । यसले पनि बालकमाथि जोखिम बढायो, अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकारीले बताए ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?