प्रहरीले अपहरणकारीलाई एसएमएस पठाउँदा बालकलाई जोगाउन सकिएन

काठमाडौं–११ वर्षीय बालक निशान खड्का अपहरणमा परेको खबर पाएपछि संवेदनशील भएर उद्धार गर्नुको सट्टा प्रहरी अधिकारीहरूले जस लिने होडबाजी गरेको खुलेको छ । अपहरणको खबर आउनासाथ महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहको नेतृत्वमा अप्रेसन सुरु भएको थियो । तर, त्यहीबीचमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले अपहणकारीलाई एसएमएस गरेका थिए । उनको यो कदम बालकको उद्धारमा सहयोगी बनेन, बरु उनको हठात् हत्या भयो ।
एसएसपी विश्वराज पोखरेलले आइतबार ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो– ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो ।

त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?