काठमाडौं–आपसी लेनदेनको विषयले निजी विद्यालयका सञ्चालक फुट्दा ललितपुर चाल्सीखेलमा रहेको ज्ञानकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थी खोसाखोस भएको छ । यसले माध्यमिक शिक्षा परीक्षाको तयारीमा रहेका विद्यार्थी प्रत्यक्ष मारमा परेका छन् ।
स्कुलका बहुमत सञ्चालकले तत्कालीन प्रिन्सिपल शिव कार्कीलाई सञ्चालक र प्रिन्सिपल पदबाट निलम्बन गरेपछि कार्कीले झन्डै ५० भन्दा बढी विद्यार्थी अर्को विद्यालयमा लगेका छन् । उनीहरूमध्ये केही विद्यार्थी एसइईको तयारीमा छन् ।
कार्कीले आफ्नो नयाँ स्वामित्व रहेको ग्वार्कोस्थित मेरिगोल्ड स्कुलमा लगेका ती विद्यार्थीको भविष्य अन्योलमा रहेको भन्दै ज्ञानकुञ्जका वर्तमान सञ्चालकहरू विद्यार्थी फर्काउने प्रयासमा छन् । कक्षा १० का १४ जनामध्ये १२ जना विद्यार्थी कार्कीले लगेको उनीहरूको दाबी छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया