काठमाडौं । काठमाडौं महानगरपालिकाको बिहीबार रातिसम्म ६३ हजार ६० मत गणना सम्पन्न भएको छ । गणना भएकामध्ये २४०० मत बदर हुन पुगेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले वडा नम्बर ६,७, , २७, २, २९, ३१ र ३२ गणना भइरहेको छ ।
अहिलेसम्म मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २४ हजार ६ सय ३३ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापीतले १३ हजार ३७ मत ल्याउँदै पछ्याइरहेका छन् । त्यस्तै नेपाली कांग्रसकी सिर्जना श्रेष्ठ १२ हजार २ सय ७२ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।
यता, उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले अग्रता बनाएकी छिन् । उनले १९ हजार ९ सय ५६ ल्याएकी छिन् । सुनिताले २३ हजार २ सय ९२ मत पाउँदा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ८ हजार २ सय ७३ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया