काठमाडौं । विवेकशील साझा पार्टीले पालिका अध्यक्षमा पहिलो जित हात पारेकाे छ । मधेस प्रदेशको बारा जिल्ला फेटा गाउँपालिकामा विवेकशीलका अध्यक्ष उम्मेदवार रुस्तम अंसारी विजयी भएका हुन् ।
अंसारीले ४ हजार ४८५ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका अमिरीलाल प्रसादले २ हजार ३९९ मत पाएका थिए ।
उपाध्यक्षमा पनि विवेकशीलकै निलम शाह विजयी भएकी छन् ।त्यसतै पालिकामा रहेका सात मध्ये विवेकशीलले दुई वडामा आफ्नो जित दर्ता गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया