काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाकाे दिन सरकारी सवारी साधन चलाउन रोक लगाउने भएको छ ।
प्रशासनले गरेको निर्णयानुसार अब सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटकाे गाडी चलाउन पाइनेछैन । यदि अत्यवश्यक भए जिल्ला प्रशासन कार्यालय बाट पास जारी हुनेछ । अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई प्रशासनले निर्देशन दिएको छ ।
इन्धन खपत कम गर्ने भन्दै सरकारले १ जेठदेखि लागू हुने गरी आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया