बकैया । पुर्वि मकवानपुरको बकैया गाँउपालीका हुदैँ बाग्मती तथा पुर्वि मध्य नेपाल जोड्ने धरान चतरा मार्ग वर्षा सगैँ धरासायी बनेको छ ।
सडक धारासायी हुदाँ निर्माणाधिन रहेको मार्ग नितीगत निर्माणकर्मीको विवादका कारण हजारौँ यात्रु अहिले मारमा छन । दैनिक साना ठुला गरि ५० भन्दा बढी यात्रू तथा मालबाहक सवारी गुड्ने यो मार्गको फुर्केचौर श्रीपुर खण्डको जङ्गल देखी नै यात्रु हरुले दुर्दशा भोगिरहदाँ निर्माण कर्मीहरु भने नितीगत समस्या देखाउदैँ उम्किरहेका छन ।
सेनाले समयमा डिपीआर नवनाएको र चतरा हेटौँडा मार्गको मध्यविन्दुमा सडक विभागले समेत निर्माण कम्पनीलाई काम गर्न रोक लगाएपछि सडक दैनिक अवरुद्ध भइरहेको छ । धरान चतरा सडकखण्डको निर्माण कालिका कन्ट्रक्शनले गरिरहेको छ ।
कालिकाका प्रवन्ध निर्देशक ठाकुर ढकाल सडक विभागको आदेश अनुसार कालो चट्टानयुक्त उक्त फुर्केचौर श्रीपुर खण्डको जङ्गल क्षेत्रमा काम गर्न नसकेको बताउछन् ।
व्यवसायि र सरकारी संयन्त्र समेत निति बनाउने र रोक्ने अरुलाई दोष लगाएर उम्कीरहदाँ सडक दुर्घटनाको भयावह अवस्था आउने देखिन्छ । दैनिक सडक अवरुद्ध हुने अनि गाँउपालीका र वडा अध्यक्षले सम्पर्क गरेपछि अवरुद्ध सडक खुलाउने दैनिक परिपाटी समेत बसिसकेको देखीन्छ । बकैया ५ का वडा अध्यक्ष शेरमान घलान राज्य संयन्त्रको निती बनाउने तहले नै समस्या पारेको बताए । सेनाले डिपीआर नै नवनाइरहेको अवस्थामा कहिले बन्ला त सडक ।
सामान्य देखी ठुला सम्मका प्रत्येक यात्रुले यात्रा गर्दा सिरीङ्ग नगरेको कुनै अवस्था छैन बकैया गाँउपालीका अध्यक्ष दामोदर खनालको भनाई छ ।
धरान–चतरा–गाइघाट–कटारी–सिन्धुली–हेटौंडा सडकले पुर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रीय सदरमुकामहरु तथा सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुर जिल्लाका भित्री उपत्यकाहरुलाई जोड्नुको साथै पुर्व पश्चिम राजमार्गको वैकल्पिक मार्ग समेतको काम गर्ने छ।
आ.व. ०६४र६५ देखि योजना कार्यालय काठमाडौँमा स्थापित भई कार्य प्रारम्भ भएको र आ.व. ०६६र६७ देखि हेटौंडामा कार्यालय स्थापना भई निर्माण कार्य सुचारु भएको सडक आयोजना प्रमुख कर्णबहादुर रानाभाटले बताए ।
आ.व. ०७२र७३ देखि धरान देखि हेटौंडा सम्म कूल ३११.७६१ कि.मि. सडक लम्बाई मध्ये यस कार्यालय–पश्चिम खण्ड अन्तर्गत ११४ कि.मि. सिन्धुली देखि हेटौंडा सम्मको सडक निर्माणधिन अवस्थामा छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया