काठमाडाैं मतगणना अपडेट : बालेनले कटाए २१ हजार, स्थापित र सिंह फराकिलो अन्तरले पछि

लोकपथ
364
Shares

काठमाडौं  । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार ५० हजारबढी मतगणना हुँदा साहले २१ हजार३२४ मत ल्याएका छन् ।

त्यसतै नेकपा एमालेका केशव स्थापितले ११ हजार २१६ मत ल्याएका छन् भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले १० हजार ३६२ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?