देशैभरको मतपरिणाम : माओवादीले कटायो शतक, कांग्रेस अग्र स्थानमा, अन्यको के छ अपडेट ?

लोकपथ
7.5k
Shares

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम आएका मध्ये सबैभन्दा बढी स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

कांग्रेसले अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये २३२ वटाको प्रमुख आफ्नो पक्षमा पारेको छ । कांग्रेसपछि नेकपा एमालेका उम्मेदवार धेरै स्थानीय तहको प्रमुखमा विजयी बनेका छन् । हालसम्म आएको अन्तिम मतपरिणाममध्ये एमालेले १४९ स्थानीय तहको प्रमुख जित्न सफल भएको छ ।

१०० वटा स्थानीय तहको प्रमुख जितेर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ११ वटा स्थानीय तहको प्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादीले हालसम्म ९ वटा स्थानीय तहको प्रमुख जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म १ स्थानीय तहको प्रमुख जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?