काठमाडौं । देशैभर अहिले स्थानीय तह निर्वाचनको मतगणना भइरहेको छ । देशका विभिन्न स्थानबाट मतपरिणामहरु आउने क्रम जारी छ । निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मतपरिणाम आउने क्रम जारी छ ।
यस्तो छ देशैभर रहेका ६ वटा महानगरपालिकाको पछिल्लो मतपरिणाम :
काठमाडौं महानगरपालिका :
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १९ हजार ५ सय २३ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले १० हजार ३२ मत ल्याएका छन् ।
पोखरा महानगरपालिका :
पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्य १८ हजार ४ सय ६२ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले १६ हजार ४ सय २९ मत ल्याएका छन् ।
भरतपुर महानगरपालिका :
भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल १२ हजार ३ सय ५२ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ९ हजार ९ सय ६७ मत ल्याएका छन् ।
ललितपुर महानगरपालिका:
ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन १३ हजार ६ सय ४६ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ७ हजार ५१ मत ल्याएका छन् ।
वीरगन्ज महानगरपालिका :
वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राजेशमान सिंह १३ हजार ८ सय ७८ मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुमार सरावगीले ७ हजार ३ मत ल्याएका छन् ।
विराटनगर महानगरपालिका :
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइराला १५ हजार ९ सय ३७ मतका साथ अग्रस्थानमा छन् । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले ११ हजार ६ सय ४१ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया