काठमाडाैं : सिमानाका केरूङदेखि राजधानी काठमाडाैंसम्म रेलमार्ग विस्तार गर्न अध्ययन थालेको चिनियाँ प्राविधिकमण्डलले यससम्बन्धी प्रारम्भिक प्रतिवेदन तयार गरेको जनाएको छ ।
चीनको चार्इना रेल्वे फस्ट सर्भे एण्ड डिजार्इन र्इन्स्टिच्युटका प्राविधिकहरूले निर्धारित समयभन्दा १ महिना अघि नै 'र्इनिसियल रिपोर्ट' तयार गरेका हुन् । यो टोलीले भदाै १५ गतेभित्र प्रतिवेदन तयार गरिसक्ने लक्ष्य लिएको थियो ।
केरूङ-काठमाडाैं रेलमार्ग निर्माणबारे चिनियाँ प्राविधिक टोलीले निकालेको निष्कर्ष सार्वजनिक गरेको छैन । तर यसबारे जानकारी लिन अाउँदो भदाै ४ गते नेपालको भाैतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसहित रेल विभागको प्राविधिक टोली चीन जाँदैछ ।
नेपाली अधिकारीहरूलार्इ चिनियाँ अधिकारीहरूले रेलमार्ग विस्तारबारे प्रारम्भिक प्राविधिक अध्ययनबाट निस्केको निष्कर्षबारे जानकारी दिनेछन् । यो अध्ययनका लागि अावश्यक सबै खर्च चीनले नै बेहोरेको छ ।
वैशाखको अन्तिम साता चीन पुगेको नेपाली सरकारी प्रतिनिधीमण्डलले चिनियाँ अधिकारीहरूसँग तत्काल रेलमार्ग अध्ययन अघि बढाउने सम्झाैता गरेको थियो । सम्झाैता हुनासाथ रेलमार्गको अध्ययनका लागि जेठमा चिनियाँ टोली नेपाल अाएको थियो ।
चिनियाँ प्राविधिकहरूले तयार गरेको रेलमार्ग निर्माणसम्बन्धी प्रतिवेदनमा केरूङदेखि काठमाडाैंसम्मको भाैगर्भिक अवस्था, अावश्यक प्रविधी र अन्य पक्षबारे उल्लेख हुनेछ ।
यसअघि नै चिनियाँ टोलीले अावश्यक स्थलगत अध्ययन गरि सिमानाका केरूङदेखि कााठमाडाैं हुँदै पर्यटकीय राजधानी पोखरासम्म रेलमार्ग विस्तार गर्न सकिने निष्कर्ष निकालेको छ । यस्तै, काठमाडाैंदेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण समेत सम्भव रहेको चिनियाँ पक्षले अध्ययनपश्चात नेपाली पक्षलार्इ जानकारी गराएको थियो ।
नेपालमा रेलमार्ग विस्तार गर्न केही भाैगोलिक कठिनार्इ रहेको, तर अावश्यक प्राविधिक व्यवस्थापनमार्फत यो काम सम्पन्न हुने चिनियाँ पक्षको बुझार्इ छ ।
सन् २००६ मा चीनले स्वशासित क्षेत्र तिब्बतको ल्हासासम्म १ हजार १ सय किलोमिटर लामो रेलमार्ग विस्तार गरेको थियो । त्यसलगत्तै ल्हासादेखि सिगात्सेसम्म रेलमार्ग विस्तारको काम थालेको चीनले विस्ता हुँदै गरेको रेलमार्गलार्इ नेपालसँगको सिमाना केरूङसम्म ल्याउने योजना बनार्इरहेको छ ।
केरूङसम्म विस्तार गर्नेगरि जडान हुँदै गरेको यही रेलमार्गलार्इ काठमाडाैंसम्म ल्याउन चिनियाँ पक्षले काठमाडाैंसम्मको भाैगर्भिक र प्राविधिक अध्ययन गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया