तालमा डुबेर तीन दिनदेखि वेपत्ता विद्यार्थी अझै फेला परेनन्

ओखलढुंगा: सोलुखुम्बुको गोक्यो तालमा डुबेर शनिबार वेपत्ता भएका  तीन विद्यार्थीको खोजी भइरहेको छ । 

खुम्जुङ माध्यमिक विद्यालयका पेम्बादोर्जी शेर्पा र पेम्बानुरु शेर्पा, नाम्चेका सुनिल बराइली अझै फेला परेका छैनन् ।   तिनै जना कक्षा ९ का छात्र हुन् । शैक्षिक भ्रमणकालागि गएका उनीहरु नुहाउने क्रममा शनिबार बिहान ८ बजेतिर तालमा डुबेका थिए ।

वेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी रेशमबहादुर पराजुलीले बताए । सेना, प्रहरी र स्थानीयको प्रयासमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहानैदेखि मौसम सफा भएकोले भेटिन सक्ने प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?