भक्तपुर–खोला तथा नदीको बहाव क्षेत्रलाई बेवास्ता गरिएकाले भक्तपुर फेरि डुबेको छ । भक्तपुरका हनुमन्ते र खस्याङखुसुङ खोलाको बहाव क्षेत्र अतिक्रमण गर्दा भक्तपुर डुबेको हो ।
सरकारी मापदण्डअनुसार खोलाभन्दा २० मिटर छोडेर मात्र भौतिक संरचना बनाउन पाइने भए पनि यसको बेवास्ता गर्दै गरिएको निर्माणले भक्तपुरका खोला किनारका बस्ती डुबानमा पर्दै आएका छन् ।
खोला साँघुरो हुँदै जानु र खोला साँघुरो बनाउँदा पराक्रमी ठान्नुले नै भक्तपुरमा डुबानको समस्या भएको प्रदेश ३ की प्रदेशसभा सदस्य सरस्वती बाटी बताउँछिन् । खोला मिच्नु र फोहोर फाल्ने स्थानका रूपमा खोलालाई लिँदा खोलाको सतहमाथि आएपछि डुबान भएको उनले बताइन् । मापदण्ड नछोडी नगरपालिकालाई छल्नु पनि डुबानको कारण भएको उनको ठम्याइ छ । अविरल वर्षा पहिलो कारण भए पनि डुबानका लागि अन्य कमजोरी निर्णायक भएको उनको बुझाइ छ ।
खोला साँघुरो भएकाले भक्तपुरका बस्ती डुबेको भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापति बताउँछन् ।आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया