नयाँ हाकिम आउनासाथ एक इन्काउन्टर निश्चित

काठमाडौं– आजको नयाँ पत्रिका दैनिकले लेखेको छ– चार वर्षयता महानगरीय अपराध अनुसन्धान महाशाखामा नयाँ प्रमुख आएसँगै कम्तीमा एक इन्काउन्टर हुने गरेको छ ।
महाशाखामा पुस्कर कार्की हुँदा २१ साउन २०७१ मा चर्चित गुण्डा नाइके दिनेश अधिकारी चरीमाथि इन्काउन्टर भएको थियो ।
यस्तै ३ भदौ २०७२ मा कुमार घैंटेको इन्काउन्टर भएको थियो । त्यतिबेला हालका आईजीपी सर्वेन्द्र खनाल महाशाखा प्रमुख थिए ।
यसैगरी निदेश अमान्य महाशाखामा हुँदा २३ साउन ०७४ मा प्रवीण खत्रीमाथि इन्काउन्टर भयो ।
धीरज प्रताप  सिंह हुँदा पनि सोमबार गोपाल तामाङ र अजय तामाङको इन्काउन्टर भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?