सवारीसाधनमा छुट माग्दै ज्येष्ठ नागरिक पुगे जिल्ला प्रशासन

रामोछाप–सरकारले घोषणा गरेको सवारी छुट नपाएपछि रामेछापका ज्येष्ठ नागरिकले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । सवारीसाधनमा छुट माग्दा कर्मचारीले हप्काउने, गालीगलौच गर्ने, अपशब्द बोल्ने गरेपछि उनीहरूलाई कारबाही र छुटको समेत व्यवस्था गर्न माग गर्दै ज्येष्ठ नागरिकले जिल्ला प्रशासनमा उजुरी दिएका हुन् ।

जिल्लाका यातायात व्यवसायीले राज्यले प्रदान गरेको सुविधा लिन खोज्दा उल्टै हप्काउने, गालीगलौज गर्ने गरेको भन्दै यातायात व्यवसायीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने र राज्यले दिएको सुविधा पाउनुपर्ने माग गर्दै जिल्ला ज्येष्ठ नागरिक संघ रामेछापका अध्यक्ष नारायणदास श्रेष्ठले उजुरी दर्ता गराएका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?