मंगोलियामा बाढीका कारण ६३ जनाको मृत्यु

उलान बाटोर । बाढी पहिरोमा परी मङगोलियामा ६३ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । 

मृत्यु हुनेमध्ये १५ जना बालबालिका समेत रहेको राष्ट्रिय आपतकालिन व्यवस्थापन निकायले सोमवार जनाएको छ । 

“दुई जनाको मृत्यु गत हप्तान्तमा भएको विवरण प्राप्त भएको छ,” सो कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । बाढी पहिरोमा परी मृत्यु हुनेहरूको यो कुल संख्या गत बर्ष भरिको भएको बताइएको छ । 

सो कार्यालयले खोला नदीमा पानीको मात्रा बढेर बाढी आउने गरेकाले बाढीबाट सुरक्षित हुनेतर्फ सतर्क हुन पनि आह्वान गरेको छ । 

मङ्गोलियामा जुलाईको सुरुदेखि अत्यधिक बर्षा हुनेगरेको छ भने अगस्टको मध्यसम्म पनि बाढीको खतरा बढी हुने गरेको मौसमविद्हरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?