भक्तपुरबाट अपहरित बालक मृत भेटिए, प्रहरीसँगको भीडन्तमा दुई अपहरणकारी मारिए

भक्तपुर । आइतवार साँझ भक्तपुरमा आफ्नै डेराबाट अपहरणमा परेका बालक निशान खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख धिरज प्रताप सिंहले बालकको शव ठिमीमा भेटिएको पुष्टि गरे । साथै अपहरणकारी र प्रहरीबीच मुठभेड हुँदा दुई अपहरणकारीको पनि मृत्यु भएको सिंहले बताए । 

घटनाको थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । पक्राउ परेको खबर पाएसँगै डेढ सय प्रहरी अनुसन्धानका लागि खटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?