नयाँ शक्ति जुम्लाका पूर्वसंयोजक मृत फेला, अनुसन्धान हुँदै

जुम्ला। नयाँ शक्ति पार्टी नेपालका पूर्व जुम्ला संयोजक राधाकृष्ण बुड्थापाको  शव फेला परेको छ । 

आइतबार दिउँसो जुम्लास्थित सनराइज होटलबाट निस्किएर घरतर्फ हिँडेका उनी जुगाड खोलामा मृत फेला परेका हुन् ।

उनको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

उनको षड्यन्त्रपूर्वक हत्या भएको नयाँ शक्ति पार्टी जुम्लाका संयोजक नरेन्द्रनाथ योगीले दावी गरेका छन् । 
उनले घटनाको निष्पक्ष र स्वतन्त्र रुपमा छानविन गर्न, दोषीलाई पक्राउ गर्न र कडा भन्दा कडा कारवाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । साथै दोषीलाई पक्राउ गरी कारवाही अगाडि नबढाएसम्म शव नबुझ्न पनि नयाँ शक्तिले परिवारजनलाई अनुरोध गरेको छ ।

प्रहरीले सनराइज होटल सञ्चालकसहित दुई जनालाई  नियन्त्रणमा लिएको छ । 

घटनाको थप अनुसन्धान भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?