काठमाडौं । आइतबार साँझ आफ्नै घरबाटै ११ वर्ष वर्षीय बालक अपहरणमा परेका छन् ।
काँडाघारीमा बस्दै आएका चमेली खड्काकी छोरा निशान खड्का अपहरणमा परेका हुन् ।
अपहरण गर्ने समूहले परिवारसँग ४० लाख रुपैयाँ फिरौती माग भएको जानकारी परिवारले प्रहरीलाई दिएको छ।
सिन्धुपाल्चोक घर भएका बालककी आमा केही वर्षदेखि चियापसल गर्दै आएकी छिन्। उनका बाबु वैदेशिक रोजगारीको सिलसिलामा बाहिर छन्।
अहिले घटनाको अनुसन्धान भइरहेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया