बुधबारबाट पानी पर्न कम हुने सम्भावना

काठमाडौं । मंगलबारबाट पूर्वमा र बुधबारबाट मात्र देशभर पानी पर्ने क्रम कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, मौसमविद समीर श्रेष्ठका अनुसार बदलीको अवस्था र हल्का पानी पर्ने क्रम जारी रहने  छ । 
पूर्वदेखि पश्चिमसम्मै मध्यमखालको पानी परेको मौसम  छ । बिहानैदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा पानी परेको छ । खोला तथा नदीहरुमा ठूलो बाढी आएको छ ।

आइतबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको रेकर्डअनुसार काठमाडौं उपत्यकामा २८ दशमलव ४ मिलिमिटर पानी परेको छ ।
वर्षाका कारण काठमाडौंबाट हुने उडान अवतरण पनि प्रभावित भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?