डुबानको जोखिम बढेपछि भक्तपुरमा उच्च सतर्कता

ठिमी : अविरल बर्षाका कारण केही स्थान डुबानमा परेपछि प्रशासनले भक्तपुरमा उद्दार र सुरक्षाका लागि उच्च सतर्कता अपनाएको छ ।

असार २८ र साउन २० गतेको बर्षाले हनुमन्ते खोलाको सतह बढि बस्तीमा बाढी पसेर जनजीवन अस्तव्यस्त पारेको थियो । यसपछि पानी पर्नासाथ प्रशासनले सतर्कता अपनाउन थालेको हो ।

माैसम विज्ञान विभागले अाज (सोमबार) पनि रातीदेखि पानी परिरहेको र दिउँसो पनि नरोकिने पूर्वानुमान गरेको छ ।

माैसम पूर्वानुमानसँगै भक्तपुरमा हुनसक्ने डुबान रोक्न र उद्दार गर्न सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन् ।

ठूलो पानी परेपछि भक्तपुरस्थित हनुमन्ते खोलाको सतह बढेर सल्लाघारी, राधेराधे, श्रृजनानगर, दुवाकोटलगायतका स्थान डुब्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?