अाजपनि दिनभर पानी पर्ने, मध्य र पश्चिम क्षेत्रमा भारी बर्षा हुने पूर्वानुमान

काठमाडाैं : शनिबार बेलुकीदेखि अविरल परिरहेको झरी सोमबार पनि नरोकिने भएको छ। 

जल तथा पूर्वानुमान महाशाखाका अनुसार अाज (सोमबार) पनि देशभरको माैसममा बदली जारी रहने र भारी बर्षा हुने अनुमान छ । 

खासगरि मुलुकका मध्य र पश्चिम भागमा ठूलो बर्षाको सम्भावना रहेको विभागका अधिकारीहरूले जानकारी दिएका छन् । 

अहिले पनि नेपालका अधिकांश स्थानमा पानी परिरहेको छ भने केही स्थानमा भीषण बर्षा भर्इरहेको छ। 

नेपालगञ्जलगायतका केही शहरहरू डुबानमा परेका छन् । पूर्वपश्चिम र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो जाँदा यातायात अावागमन रोकिएको छ। 

गोर्खा लगायतका पहाडी जिल्लामा ठूला-ठूला पहिरो गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?