देशैभर भीषण बर्षा : नेपालगञ्ज डुबानमा, दाङमा यात्रुबस बगायो

दाङको ग्वारखोलाले बगाउँदै गरेको यात्रुबस ।

काठमाडाैं : अार्इतबार रातीदेखि परेको भीषण बर्षाले देशैभर बबण्डर मच्चाएको छ।

निरन्तरको बर्षाले सुकुम्बासी बस्तीदेखि सपिङ मलसम्म डुबानमा !

बाँकेको नेपालगञ्ज शहर डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ। नेपालगञ्ज उपमहानगरपालिकासहित वरिपरिका क्षेत्र समेत जलमग्न भएको छ। सवारीसाधन चलेकाा छैनन् भने बजार ठप्प भएको छ। 

पाल्पामा पहिरोले खानेपानीको संरचना नै बगायो

दाङको ग्वारखोलाले यात्रुबस बगाएको छ । धनगढीबाट तुलसीपुर अाउँदै गरेको ना ४ ख ८१३६ नम्बरको बसलार्इ खोलाले बगाउँदा ११ जना यात्रु घार्इते भएका छन् । २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङले जानकारी दिएको छ । 

मुग्लिन-नारायणगढ सडकमा पहिरो, आवतजावत रोकियो

अार्इतबार रातीको बर्षाका कारण पहिरो खसेको गोरखाको धार्चे गाउँपालिकास्थित खानीखोला क्षेत्रमा थप पहिरो गएको खबर प्राप्त भएको छ । 

मुग्लिङ-नारायणगढ सडकका विभिन्न स्थानमा पहिरो खस्दा यातायात अावागमन ठप्प भएको छ । 

पहिरो र हिलोका कारण देशैभरका ग्रामीण क्षेत्रका सडकमा गाडी चल्न सकेका छैनन् ।

आजपनि दिनभर पानी पर्ने, मध्य र पश्चिम क्षेत्रमा भारी बर्षा हुने पूर्वानुमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?