कीर्तिपुरमा भत्कियो एमालेको लालकिल्ला, पहिलोपटक कांग्रेसका नकर्मी विजयी

लोकपथ
525
Shares

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले पहिलोपटक जित हासिल गरेको छ ।

बामपन्थी दलहरुको लालकिल्लाका रुपमा रहेको कीर्तिपर नगरपालिकामा पहिलोपटक एमाले ‘क्लिन स्विप’ गर्दै नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मीले जित हासिल गरेका हुन् ।

नवनिर्वाचित नकर्मीले ९ हजार ४३ मतसहित जित हासिल गरेका छन् । भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका केशररत्न बज्राचार्यले ५ हजार ५ सय ७ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी शुभलक्ष्मी शाक्य उपमेयरमा निर्वाचित भएकी छिन् । उनले ८ हजार ६ सय ६५ मत प्राप्त गरेकी हुन् । त्यसैगरी उनले एमालेबाट उपमेयरको उम्मेदवार बनेकी बिन्दु महर्जनले ७ हजार २ सय ६ मतसहित उपविजेता भएकी हुन् ।

२०५४ सालमा बनेको कीर्तिपुर नगरपालिकामा यसअघि निरन्तर नेकपा एमालेले जित हासिल गर्दै आइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?