धादिङ: पहिरोले घर थिच्दा नीलकण्ठ नगरपालिका–१० भारमालेमा शनिबार राति एक बालकको मृत्यु भएको छ ।
घरमाथिको पहिरोले घर पुरिएर १३ वर्षीय सुजन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि गाउँवासीले पहिरो पन्छाए पनि शव निकाल्न नसकेको बताइएको छ ।
अबिरल वर्षाका कारण पहिरो आउने क्रम नरोकिएपछि घटनास्थलमा प्रहरी आज बिहान मात्र पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया