काठमाडौं : नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनमा कुन्दन शर्मा मिश्रको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपले निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा जानकी प्रसाद उपाध्याय, सचिवमा सन्तोष बिक्रम थापा, सह–सचिवमा सिद्धार्थ बिश्वकर्मा, कोषाध्यक्षमा रोशनी पौडेल, र सदस्यहरुमा सुरेन्द« सिंह लामा, राम प्रसाद लामिछाने पिडित, प्रदिप गैरे र सृजना नेपाली निर्वाचित भए । कार्यक्रमका अवसरमा अध्यक्ष मिश्रले यूनियनले बोर्डलाई दिर्धकालिन हितका लागि खवरदारी मात्र हैन, सहयोगी संस्थाको रुपमा सदैव योगदान पुयाएको र आगामि दिनमा अझ सक्रिय योगदान पुयाउने विचार राखे ।
उनले जनशक्तीनै संस्थाको सबैभन्दा ठुलो पुजि रहेकोले उनीहरुको क्षमता विकासमा लगानि बढाई उत्पादन बढि लिन जोड दिए । बोर्डका कार्यक्राकारी प्रमुख दिपक राज जोशीले बोर्डको युनियनले एकताको भावना राखि ब्यवस्थापनलाई पुयाएको योगदान कदरयोग्य रहेको विचार राखे ।
कार्यक्रममा ट्रेड युनियनकर्मी डा. रेणु थापाले बोर्डको यूनियनको भूमिका उदाहरणिय रहेको र आगामि दिनमा आफैं उदाहरण बनि ब्यवस्थापनलाई परविर्तनका लागि दवाव दिन आग्रह गरे। कार्यक्रमका अवसरमा बोर्डको यूनियनका पूर्व अध्यक्षहरु काशिराज भण्डारी, दिपक राज जोशी, प्रदिप बस्नेत र सुधन सुवेदीलाई उनीहरुले यूनियनमा पुयाएको योगदानलाई स्मरण गर्दै सम्मान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया