नारायणगढ–मुग्लिन सडक खण्डमा ट्याक्सी पुरियो, यात्रु सकुशल

चितवन:  गएराति खसेको पहिरोमा परेर नारायणगढ-मुग्लिन सडकखण्डमा एउटा ट्याक्सी पुरिएको छ ।
ग १ ज २८८३ नम्बरको ट्याक्सी पुरिएको हो तर ट्याक्सीमा रहेका यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ।  

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा गएको पहिरोका कारण गएराति देखि नै सडक अवरुद्ध भएको छ । 

गएराति साढे १० बजेदेखि पहिरो खस्न थालेको र बिहानसम्म पनि पहिरे खस्ने क्रम नरोकिएको बतइएको छ । आज बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ । 

सोही ठाउँमा शनिबर पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । 
बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिए पछि यत्रुहरुले दुःख पाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?