वालिङ : नेपाली कांग्रेसका स्याङ्जा जिल्ला सभापति एवं पूर्व सभासद् कमल प्रसाद पंगेनीको निधन भएको छ ।
अार्इतबार बिहान हृदयघातका कारण पंगेनीको निधन भएको हो ।
पंगेनीले २०७० मा भएको संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट चुनाव जितेका थिए ।
स्याङ्जाको खिलुङ देउरालीमा जन्मेका पंगेनी ललितपुर धोविघाटमा बस्दै अाएका थिए ।
विज्ञानमा स्नातक गरेका पंगेनीका १ छोरा र १ छोरी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया