काठमाडौं : अागामी तीन दिनसम्म देशैभर निरन्तर बर्षा हुने र पश्चिम नेपालका केही स्थानमा अाज बेलुकीदेखि भारी बर्षा हुन सक्ने माैसम विज्ञान विभागले पूर्वानूमान गरेको छ ।
विभागले अागामी ३ दिनसम्मका लागि गरेको माैसम पूर्वानूमानसम्बन्धी सूचनामा अार्इतबार दिउँसोदेखि माैसम बदली शुरू हुने र रातभर बर्षा हुने उल्लेख छ ।
सोमबार पनि मध्य र पश्चिमी क्षेत्रमा भारी बषार्काे सम्भावना रहेकाे विभागले जानकारी दिएको छ ।
मंगलबार पनि माैसम बदली हुने र देशका पूर्वी भागमाा मध्यमखालको वर्षा हुने अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया