सत्ताधारी (ने.क.पा.) को मासिक अाम्दानी साढे ३ करोड

काठमाडौं : सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) ले हरेक महिना अाफ्ना पार्टी सदस्यबाट साढे ३ करोड रूपैयाँभन्दा बढि लेबि उठाउँदैछ । 

पार्टीले तयार गरेको अन्तरिम विधान, २०७५ मा पार्टीका संगठित सदस्यले मासिक ५० रूपैयाँ सदस्यता शुल्क तिर्नुपर्ने उल्लेख छ । 

साविकको नेकपा (एमाले) को ४ लाख र माअोवादी केन्द्रको तीन लाख गरि ७ लाख पार्टी सदस्य भएको (ने.क.पा.) ले अनुमान गरेको छ । ५० रूपैयाँका दरले लेबी उठाउँदा साढे ३ लाख रूपैयाँ हाराहारीमा रकम उठ्न सक्ने देखिएको (ने.क.पा.) का एक नेताले बताए ।

पार्टीको स्थानीय कमिटीमा बसेका सदस्यहरूले मासिक शुल्कमाा थप १०% थपेर बुझाउनुपर्ने नियम सो पार्टीले बनाएको छ। यसहिसाबले पार्टीको संगठित सदस्यले मासिक ५५ रूपैयाँ बुझाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?