सिलिगुडी–३ जुलाईमा भारतको उत्तरपूर्वी राज्य मणिपुर सरकारले एउटा विधेयक पारित गर्यो । ‘मणिपुर पिपुल बिल’ विधानसभाबाट पारित भएसँगै मणिपुरमा नेपालीभाषीसहितका अल्पसंख्यक त्रस्त छन् ।
३० जुलाईका दिन उत्तरपूर्वी भारतकै अर्को राज्य असम सरकारले घोषणा गरेको नेसनल रजिस्टर अफ सिटिजन (एनआरसी) मा ४० लाखभन्दा बढी नागरिक सूचीकृत हुन पाएनन् जसमा एक लाख हाराहारी नेपालीभाषी पनि छुटे ।
यी दुई घटनाले पूर्वोत्तर भारतका मणिपुर, मिजोरम, नागाल्यान्ड, अरुणाञ्चल, असम, मेघालयलगायत राज्यमा बसोबास गर्ने नेपालीभाषी (गोर्खा) मा थातथलोको चिन्ता बढ्न थालेको छ । उनीहरू ‘विदेशी’ को लाञ्छना लगाएर ती राज्यले लखेट्ने पो हुन् कि भन्ने चिन्तामा छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया