काठमाडौं–संघीयता कार्यान्वयनका लागि थप आर्थिक सहयोग आवश्यक परेको भन्दै सरकारले विश्व बैंक गुहार्ने भएको छ ।
सरकारले संघीयता कार्यान्वयनका लागि भन्दै बहुपक्षीय दातृ निकायका रूपमा रहेको विश्व बैंकसँग नेपाललाई दिँदै आएको आर्थिक सहायता वृद्धि गर्न आग्रह गर्ने भएको हो । आर्थिक सहायता वृद्धि गर्ने विषयमा छलफल गर्न अर्थमन्त्री डा युवराज खतिवडा विश्व बैंकको मुख्यालय अमेरिकाको वासिंगटन डीसी पुगेका छन् । सन् २०१९ देखि २०२३ सम्मको पाँचवर्षे विकास साझेदार खाकालाई अन्तिम रूप दिन शुक्रबार राति अमेरिका प्रस्थान गरेका अर्थमन्त्री डा खतिवडाले विश्व बैंकसमक्ष सहयोग वृद्धिको प्रस्ताव राख्ने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया