पर्वत– कुश्मा नगरपालिका–९ कटुवाचौपारिका शिक्षक शिवप्रसाद पौडेल विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन् ।
कटुवा चौपारीस्थित गायत्री घर भई पर्वतकै मोदी गाउँपालिका–६ दोविल्लामा सञ्चालित हरि प्राथमिक विद्यालयका प्रधानाध्यापक ५९ वर्षीय शिवप्रसाद पौडेल शुक्रबार बिहानदेखि बेपत्ता भएका हुन् । शुक्रबार बिहान घरभन्दा केही माथि रहेको मन्दिरमा पूजापाठ गर्न भनी गएका पौडेल आज साँझसम्म घर फर्किएका छैनन् । विगत १७ वर्षदेखि हरि प्राथमिक विद्यालयमा अध्यापन गराउँदै आएका पौडेल घर नफर्केपछि उनका भाइ दिवाकर पौडेलले खोजीमा सहयोग गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका छन् ।
आज साँझसम्म आफन्तहरुकहाँ समेत सोधपुछ गर्दा कुनै अत्तोपत्तो नभएपछि खोजीका लागि प्रहरीलाई अनुरोध गरिएको निवेदक दिवाकर पौडेलले जानकारी दिए । उनले घर परिवारमा पनि कुनै झैँझगडा नरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायक उपरीक्षक दिलीप घिमिरेले निवेदनका आधारमा बेपत्ता शिक्षक पौडेलको खोजी जारी राखिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया