काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले राजधानीमा हुने सामान्य ब्यक्तिको कल्पना वाहिरका अपराधका घटना नियन्त्रण गर्न साझा चाँसो र चिन्ता आवश्यक रहेको बताएका छन् ।
महानगरीय प्रहरी बृत्त लैनचौर र स्थानीय क्लव तथा नागरिक समाजद्धारा आज आयोजित सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा परिसर प्रमुख पोखरेलले आर्थिक समृद्धि र दिगो विकासका लागि शान्तिसुरक्षा पहिलो आधार भएकाले अपराधमुक्त समाज निर्माण कार्यमा नागरिक समाजको साथ र सहयोग अपरिहार्य रहेको बताए ।
आफ्नै घर तथा टोल छिमेकमा हुने अपराधिक क्रियाकलाप ढाकछोप गर्दा समाजमा अपत्यारिलो र अनौठो अपराधका घटनाहरु बढेको चर्चा गर्दै उनले घरेलु हिंसा, लागूऔषध र यौनजन्य विकृति लुकाएर नराख्न सुझाव दिए ।
समाजमा हुने सबै किसिमका अपराधका विषयमा प्रहरीलाई खवर गरिदिन आग्रह गरे । कार्यक्रममा स्थानीय सर्वसाधारणले प्रहरी सेवा ढिलो सुस्ती, विश्वसनियको अभाव र लोभीपाी बन्दै गएको गुनासो गरेका थिए ।
बरिष्ठ प्रहरी उपरीक्षक पोखरेलले सर्वसाधारणको गुनासोलाई सम्बोधन गर्दै भने– प्रहरी सेवा प्रभावकारी नहुनुको मुख्य जड लोभपाप पनि हो । उहाँले त्यस्ता प्रहरी कर्मचारी र अपराधि चरित्रका ब्यक्तिहरुको नाम नोट गरेर राख्न आग्रह गरेका थिए ।
काठमाडौं महानगरपालिका वडा नम्वर–१७ का वडाध्यक्ष नवीन मानन्धरले नागरिक समुदायको विश्वास जित्न नसक्दा प्रहरीको काम कारवाही प्रभावकारी हुन नसकेको बताए ।
जनप्रतिनिधि जनताको सेवक हुन भने प्रहरी जनताको रक्षक हो उनले थपे– प्रहरी र पब्लिकमात्र नभइ जनप्रतिनिधको पनि सहभागिता अनिवार्य भएको छ ।
राजधानीमा घरेलु हिंसाका अतिरिक्त लागूऔषध, बलात्कार, देहब्यापार, ठगी र चोरी जन्य अपराध बढ्दै गएको तथ्य सार्वजनिक गर्दै सहभागीहरुले घर टोल छिमेका देखिएको अपराध नियन्त्रण गर्न प्रहरी र नागरिक समुदायले हातेमालो कार्यक्रम सञ्चालन गर्नेपर्नेमा जोड दिएका थिए ।
महानगरीय प्रहरी बृत्त लैनचौरका प्रमुख प्रहरी नायव उपरीक्षक गौतमकुमार केसीले आफू लोभपाप भन्दा धेरै टाढा रहेर नागरिकको शान्तिसुरक्षा गर्दै आएको प्रहरी कर्मचारी भएकाले सोही अनुसारको ब्यवहार र सहयोग गरिदिन सर्वसाधारणमा आग्रह गरेका छन् ।
उनले गलत आचरणका प्रहरीलाई कारवाही गरिएको जानकारी समेत दिए । गौतमले एक महिनाको अन्तरमा धेरै सुधार गरेको विवरण त्यस अवसरमा प्रस्तुत गरिएको थियो ।
बृत्त प्रमुख भएर आएको महिना दिनमा प्रहरी कार्यालयको आन्तरिक सुधारदेखि ब्यवस्थापन, सरसफाई, प्रहरीको आचारण र ब्यवहारमा सुधार, नागरिक मैंत्री प्रहरी सेवा सञ्चालनका विषयमा जानकारी दिर्दै बृत्त प्रमुख गौतमले पनि आफूभित्र लोभपाप नभएकाले महिना दिनमा यतिको सुधार र परिवर्तन गर्न सफल भएको दावी गरे ।
सो अवसरमा काठमाडौं महानगरपालिका वडा नम्वर–१६ का वटाध्यक्ष मुकुन्द रिजालले ठमेलमा दिनप्रतिदिन विकृति बढ्दै गएको गुनासो गर्दै ट्राफिक र पर्यटक प्रहरीको कमिकमजोरी औल्याए ।
ठमेलको सुरक्षा र यातायात ब्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रशासन एनजिओबाट परिचालित भएको आरोप उनले लगाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया