चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा यतायात आवतजावत अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो ।
त्यस क्षेत्रमा अझै पानी परिरहेकोे बताइएको छ ।
पहिरो पन्छाउने काम शुरु भएकाले सडक खुल्न केही घण्टा लाग्ने स्थानीय ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले बताए ।
राति परेको अबिरल वर्षाका कारण सडक चौडा पार्ने क्रममा भित्तो खनिएको स्थानबाट पहिरो खसेको हो । पहिरोले चितवनबाट काठमाडौँ र पोखरा जाने तथा काठमाडौँ र पोखराबाट चितवनलगायत विभिन्न क्षेत्रमा आउने सवारी साधन बीच बाटोमै रोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया