काठमाडौं: अफगानिस्तानको पूर्वी सहर गार्डेजमा भएका आत्मघाती हमलाम परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार शुक्रबार दिउसो साढे एक बजेतिर मस्जीदमा प्रार्थना भइरहेका बेला घटना भएको अन्तराष्ट्रिय सञ्चर माध्यमहरुले जनाएका छन् ।
आक्रमणकारीतर्फका दुई जना पनि मारिएका छन् । घटनामा घाइते भएका मध्ये केहीलाई उपचारका लागि सैनिक अस्पतालमा लगिएको अधिकारीहरुले जानकारी दिएका छन् ।
घटनापछि सुरक्षाकर्मीलाई घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएका छन् भने सुरक्षा सतर्कता पनि बढाएका छन् । विस्फोटनबाट मस्जीदमा पनि क्षति पुगेको छ ।
अफगानिस्तानमा भएका यस्ता आक्रमणहरुमा विगतमा इस्लामिक स्टेट ९आइएस० लडाकूहरुको सम्लग्नता पाइने गरेको भएपनि घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया