जोशी न्यायाधीश हुनै ‘अयोग्य’

काठमाडौँ – संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको न्यायाधीश हुनसमेत योग्य नहुने गरी अस्वीकार गरेको छ । समितिले अस्वीकृत गर्न कारण र आधारसहित दिएका विषयवस्तुले न्यायाधीश रहिरहन उनको आधारभूत मापदण्डसमेत नपुग्ने ठहर्‍याएको छ ।

समितिले चार आधार र कारणसहित जोशीलाई अस्वीकृत गरेको छ । पाँचौं बुँदामा भने उनी अस्वीकृत भएको ठहर गरिएको छ । चारमध्ये तीन विषयवस्तु न्यायाधीशका लागि समेत आवश्यक पर्ने आधारभूत चरित्रमा पर्ने भएकाले उनी अब कसरी न्यायाधीशमा कायम रहन्छन् भन्ने प्रश्न खडा भएको छ । राजीनामा दिएमा वा संसद्मा महाअभियोग लागेको अवस्थामा बाहेक जोशी अर्को प्रधानन्यायाधीश सिफारिस नहुन्जेल कामु प्रधानन्यायाधीश हुनेछन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?