पदबहालीपछि के भने नवनियुक्त कानूनमन्त्रीले ?

काठमाडौँ– नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता आउन सक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

कानून निर्माणले गति लिन नसक्दा संघीय संसद् ‘विजनेश’विहीन भएको बताउँदै उनले मन्त्रालयका तर्फबाट यसमा विलम्ब भयो भन्ने कुराको प्रश्न उठाउन नदिनेतर्फ आफू लाग्ने र त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गरे ।

नसोचेको परिस्थितिपछि आफू यस मन्त्रालयमा आएको बताउँदै उनले बोल्नेभन्दा पनि काम नै पहिलो प्राथमिकता भएको बताए ।  

मन्त्री ढकाललाई स्वागत गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले कानून निर्माणका लागि मन्त्रालय अहिले दिनरात नभनी खटिरहेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?