मुग्लिन नारायणगढ सडकखण्डको सवारी आवगमन प्रभावित भएको छ ।
सो सडकखण्डको घुमाउनेमा तीन दिनयता भिरबाट ठूला ठूला ढुंगा खस्न थालेपछि प्रहरीले पालैपालो सवारीसाधन सञ्चालन गर्न अनुरोध गरेका कारण सवारी आवागमन प्रभावित भएको हो ।
बुधबार बिहान ३ बजेबाट अवस्था हेरी पालैपालो सवारी सञ्चालन गरिएको प्रहरी बताउँछ ।
सडक विस्तार गर्ने सडकको भित्तोपट्टिको भाग च्यापेर काटिएपछि पहिरो जाने र ढुंगा खस्ने समस्या देखिँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया