अमेरिकी राष्ट्रपति ट्रम्पले साढे चार हजार वटा झुट बोले

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले  साढे चार हजार वटा झुटो तथा भ्रामक कुराहरु दाबी गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

उनले जुलाई ५ मा एक दिनमै उनानअसी  झुटो र भ्रामक कुरा बोलेर आफ्नो रेकर्ड बनाएका छन् । 

अमेरीकाको प्रतिष्ठित पत्रिका वासिङ्टन पोष्टको द फ्याक्ट चेकर डाटाबेसले ट्रम्पले ४,२ सय उनानतिस झुटो तथा भ्रामक कुराहरु दाबी गरेको तथ्य सार्वजनिक गरेको हो ।

सत्तामा रहेको ५ सय ५८ दिनमा राष्ट्रपति ट्रम्पले यतिधेरै झुटो बोलेका हुन् ।  

पत्रिकाले  ट्रम्पको राष्ट्रपति शासनको दिन बढिरहँदा झुट र भ्रामक दाबीहरुमा पनि बृद्धी भएको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?