नेपाली कति भाते, साढे २८ अर्बको चामलमात्रै आयात

काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चामलको आयात बढेको हो ।

गत आवमा २८ अर्ब ६२ करोड ८६ लाख ६५ हजार रुपैयाँको चामलमात्रै आयात भएको छ ।अघिल्लो आवमा करिब २५ अर्बको चामल आयात भएको थियो ।

मुलुक कृषिप्रधान देश भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा चामल आयात बढ्दै गएको हो । स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेर्नी अर्बौ  रुपैयाँको चामल आयात हुने गरेको हो ।

खेतीयोग्य जमिन खडेरीमा प्रयोग हुनु, खेती गर्ने जनशक्तिको अभाव, खानेबानीमा परिवर्तनले नगर्दा पनि चामलको आयात बढ्दै गएको कृषि, पशुपक्षी, भूमिसुधार तथा सहकारी सचिव युवकध्वज जीसीले बताए ।

विशेषगरी, भारत जापान, थाइल्यान्ड, चाइना, कोरियालगायतका अन्य मुलुकबाट मुलुकमा विभिन्न प्रकारका चामल आयात हुने गरेको छ । खाद्यान्न उत्पादन बढाउन सरकारले बर्सेनी कृषिमा बजेट बढाउँदै गए पनि आयात भने प्रतिस्थापन हुन सकेको छैन ।

सरकारले चार वर्षअघिनै बजेटमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकरण गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्नका लगि विभिन्न कार्यक्रम सञ्चालन गरेर २० वर्षे कृषि विकास रणनीति सार्वजनिक गरे पनि अहिलेसम्म देशमा ठूलो परिमाणमा चामललगायतका कृषि उत्पादन भित्र्ने गरेको छ ।

मन्त्रालयले खाद्यान्नमा आत्मनिर्भर बन्नका लागि उत्पादन बढाउने विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।

मन्त्रालयले अघिल्लो आर्थिक वर्षदेखि खाद्यान्न उत्पादन बढाउन धान मिसन कार्यक्रम सञ्चालन गरे पनि अझै प्रभावकारी बन्न सकेको छैन ।

कृषि क्षेत्रको विस्तारका लागि सरकारले बजेट बढाउँदै गए पनि बर्सेनी खर्बौ रुपैयाँको कृषिजन्य उत्पादन आयात हुने गरेको छ । खाद्यान्न उत्पादन बढाउन कृषिमा बजेट बढ्दै गए पनि खाद्यान्नको आयात भने घट्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?