काठमाडौँ : २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको भानु माध्यमिक विद्यायलय (दरबार हाई स्कुल) को शिलान्यास भएको छ ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चीनका राजदूत यु होङ्ले संयुक्तरुपमा भवनको शिलान्यास गरेका हुन्।
ऐतिहासिक रानीपोखरीको पश्चिम दिशामा रहेको करीब नौ रोपनी जमीनमा भवन बन्नेछ । चारतले यस भवनमा ४० कक्षाकोठा बन्नेछन् ।
बीस महिनाको अवधिमा करीब रु ८५ करोड लागतमा भवन बन्नेछन् ।
विद्यालयको पुनस्निर्माणको काम चीनले छनोट गरेको निर्माण कम्पनीले गर्न लागेको हो। विद्यालयको २० महिना भित्र पुनस्निर्माण कार्य सम्पन्न गर्नुपर्नेछ।
दरबार हाई स्कुल नेपालको पुरानो विद्यालय हो। यसको १ सय ६५ वर्ष अगाडि स्थापना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया