गहुँको बोरामा दुई लाख बराबर कपडा तस्करी

वीरगञ्ज: वीरगञ्ज भन्सारमा जाँच गर्दा गहुँको बोराभित्र करीब रु दुई लाख मूल्य बराबरको अवैध कपडा पक्राउ गरिएको छ । 

भारतको रक्सौलबाट नेपालतर्फ आइरहेको बि आर ६ एल ३८७६ नम्बरको रातो कार पक्राउ  परेको हो । 

आज बिहान जाँचको क्रममा सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा भन्सार सुरक्षा गुल्म वीरगञ्जका सशस्त्र प्रहरी उपरीक्षक तिलक खड्काले सियाराम कम्पनीको ३२६ मिटर सुटको कपडा पक्राउ गरेक हुन् । 

तर भारत मोतिहारी अन्तर्गत सिमरा स्टेशन बस्ने चालक नसिबुलहकले गहुँ भनेर आफू भाडामा आएको तर गहँुको बोराभित्र कपडा छ भन्ने थाहा नभएको बताएका छन् । 

प्रहरीले पक्राउ गरेको कपडा तथा रु छ लाख मूल्य बराबरको कार आवश्यक कारवाही र अनुसन्धानको को लागि वीरगञ्ज भन्सार कार्यालयमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?