काठमाडौं : आँखुखोला हार्इड्रोपावर कम्पनीले अाजदेखि धादिङ जिल्लाका आयोजनाप्रभावित स्थानीय बासिन्दाका लागि ८ करोड रूपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर (आर्इपीओ) निष्काशन गरेको छ ।
कम्पनीले धादिङको आँखुखोलामा ८.४ मेगावाटको हार्इड्रोपावर निर्माण गरेको छ । कूल जारी पूँजी ८० करोड रूपैयाँ रहेको यो कम्पनीले १०% रकम बराबरको आर्इपीओ स्थानीयबासीलार्इ बेच्न शुरू गरेको हो ।
बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आयोजना प्रभावितले साउन १७ देखि साउन ३१ गतेभित्र यो शेयर भरिसक्नुपर्नेछ । अधिकतम ५० कित्तादेखि बढिमा ४ हजार कित्तासम्मका लागि आयोजना प्रभावितले आवेदन दिन सक्नेछन् ।
आँखुको शेयर किन्न र्इच्छुक आवेदकले आयोजनास्थल त्रिपुरासुन्दरी गाउँपालिका-४, रिङ्नेबजार र धादिङवेशीस्थित मुक्तिनाथ विकास बैंक, सिभिल बैंक र प्रभु बैंकका शाखा कार्यालयमार्फत आवेदन दिन सक्ने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
आँखुखोलाको शेयर प्राप्त गर्ने स्थानीयले शेयर बाँडफाँट भएको ३ बर्षसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन । आँखुको शेयरलार्इ र्इक्रा नेपालले ग्रेड फार्इभ रेटिङ गरेको छ । यसको अर्थ कम्पनीको अवस्था कमजोर रहेको छ ।
स्थानीयबासीलार्इ छुट्याएको शेयर बाँडफाँट भएपछि यो कम्पनीले सर्वसाधारणका लागि १२ करोड रूपैयाँ बराबरको १२ लाख कित्ता आर्इपीओ जारी गर्ने जनाएको छ । पूँजीबजार नियामक धितोपत्र बोर्डले यो कम्पनीलार्इ असार २७ गते नै आर्इपीओ निष्काशनको अनुमति दिर्इसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया