काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा उठेका स्वतन्त्र उम्मेदवार तथा चर्चित र्यापर बालेन साहले मौन अवधि चिर्दै आफू कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला फैलाइएकोमा आपत्ति जनाएका छन् । सोही कुराको स्पष्टीकरण दिदैँ साहले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गरेका छन् ।
उनले मौन अवधिमा कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैरकानुनी र अलोकतान्त्रिक त हुँदै हो, त्यो भन्दा पनि धेरै मतदाताहरूमाथिको अन्याय भएको उल्लेख गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले कुनै पार्टी प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको जस्ता निराधार हल्लाहरू फैलाउने प्रयास भएकोमा यसलाई हदैसम्म खण्डन गर्दछौँ । हामी स्वतन्त्र छौँ । र, मौन अवधिपूर्व हामी मतदाताहरूको घरदैलोमा प्रवेशु गर्ने र हाम्रा मतदाताहरूको नै समर्थन लिनेदिने बाहेक अरू कुनै किसिमका व्यवहारहरू गरेका छैनौँ ।’
त्यस्तै उनले हल्ला र हल्ला फैलाउने तत्त्वहरूप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरू सजग रहन अपिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया