बालिका बलात्कार काण्डमा सनसनीपूर्ण हल्ला फैलाउने युवती प्रहरी फन्दामा

काठमाडौं – प्रदेश नम्बर ७ स्थित कन्चनपुरको भिमदत्त नगरपालिका वडा नं.२ उल्टाखामकी १३ वर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि भएको निर्मम हत्या घटनाको अनुसन्धान भइरहेको बेला  सुरक्षाकर्मीको नै चरित्र हत्या गर्ने गरी सामाजिक सञ्जालमा समाचार तथा तस्वीर राख्ने प्राप्ति सापकोटा पौडेल भनिने एञ्जिला सापकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त प्राप्तिले हत्या घटनाको अनुसन्धान कार्य भईरहेको अवस्थामा सामाजिक संञ्जाल फेसवुकमा “यिनै हुन १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरी बलात्कार गरी हत्या गर्ने प्रहरी’ सक्दो शेयर गर्नु होला ” भन्ने शीर्षकको भ्रामक सामाग्री सहित प्रहरीको पोशाक लगाएको व्यक्तिको फोटो र मृतकको फोटो समेत पोष्ट गरी फेसवुकमा शेयर  गरेकी थिइन् ।
संबैधानिक मौलिक हकको समेत प्रतिकुल हुने गरी बिना प्रमाण सामाजिक संजाल फेसवुकमा पीडित परिवारलाई अझै पीडित बनाउने गरी उनले सनसनीपूर्ण पोस्ट गर्ने  कार्य गरेकाले उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

यस्ता भ्रामक र अमर्यादित  सामाग्रीहरु सम्प्रेषण भएको सम्बन्धमा अनुसन्धान गर्दा उल्लेखित सामाग्रीहरु आरएमखबर डटकममा प्रकाशन गरेको बताइएको छ ।
यस्तो जघन्य प्रकृतिको अपराधको अनुसन्धान कार्यमा वाधा पुरयाउने तथा प्रहरी संगठनको समेत प्रतिष्ठामा आच र्पुयाउने गरी गलत समाचार प्रकाशित गरी सामाजिक संजालमा सम्प्रेषण गरेको कार्यमा संलग्न आरएम खबरडटकमका प्रबन्धक र निर्देशक समेत रहेकी प्राप्तिलाई पक्राउ पछि विद्युतीय ( ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तरगतको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?