एक किलो कालो पदार्थ सहित एक पक्राउ

काठमाडौं । ठमेलको ज्याठाबाट एक किलो पाँचसय ग्राम कालो पदार्थ ( चरेश) सहित एकजना पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी बृत्त दरवारमार्गले पक्राउ गरेको छ ।

पक्राउ पर्ने हुम्ला रोडीकोट घरभइ हाल बालाजु जरङखु बस्ने १९ वर्षीय धर्म एडी रहेका छन् । ‘कालो पदार्थ’ भन्दै चरेश विक्री वितरण गरिरहेको अस्थामा उनी पक्राउ परेका हुन । 

महानगरीय प्रहरी दरवारमार्ग बृत्तका प्रमुख दानबहादुर मल्लले रातिको समयमा ठमेलक्षेत्रमा एकब्यक्ति कालो पदार्थ विक्री वितरण गरिरहेको सूचनाका आधारमा पक्राउ गर्न जाँदा ऐडीको साथमा यतिको चरेश बरामद भएको बताउनुभयो । 

अभियुक्त ऐडीले उक्त लागूऔषध चरेश कर्णालीबाट नै ल्याएको हुन सक्ने प्रहरीको अनुसन्धानबाट देखिएको छ । 

उहाँका अनुसार, विदेशी पर्यटकलाई लक्षित गरी चरेश विक्री वितरण गरिरहेका थिए । उनलाई लागूऔषध अन्तरगत मुद्धा दर्ता गरी कानुनी कारवाही भइरहेको छ । 
                                      

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?