बिराटनगर : बिराटनगरमा २०६५ भदाै ४ गते खोलेको अवैध क्याम्प भारतले अाजदेखि बन्द गरेको छ ।
पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री भएका बेला भीषण बर्षाले सप्तकोशी बाँध फुटाएपछि त्यसलार्इ व्यवस्थापन गर्न भन्दै भारतले नेपाल सरकारको अनुमति बिना नै बिराटनगरमा क्याम्प खडा गरेको थियो ।
भारतले नेपाली गाडीलार्इ भारतीय रूट परमिट दिन भन्दै खोलिएको सो क्याम्प बिराटनगरमा सारेर अटेर गरि सञ्चालनमा ल्याएको थियो । तर तत्कालै कोशी पूल सञ्चालनमा अाएपनि भारतले सो क्याम्प हटाएको थिएन ।
एकदशकदेखि नै बिराटनगरबाट भारतीय क्याम्प हटाउन नेपाली पक्षले माग गर्दै अाएको थियो । नेपालको परराष्ट्र मन्त्रालयले समेत सो क्याम्प हटाउन नेपालस्थित भारतीय दुतावासलार्इ पत्राचार गरेको थियो । तैपनि भारतले क्याम्प हटाएको थिएन ।
नेपाली सवारीसाधनलार्इ रूट परमिट दिन क्याम्प खोलिएको बताएपनि सो क्याम्पबाट नेपालको अान्तरिक मामिलामा भारतले जासुसी गरिरहेको नेपाली अधिकारीहरूले जानकारी पाएका थिए ।
नेपालको अनूमति बिनै खोलिएको यो क्याम्पबाट भारतले अवकाशप्राप्त गोर्खा सैनिकहरूलार्इ निवृत्तिभरण (पेन्सन) बाँड्ने, पेन्सनपट्टा नवीकरण गर्ने, सवारी परमिट जारी गर्ने र भारत अध्ययन गर्न जाने नेपाली विध्यार्थीहरूलार्इ शैक्षिक अनुमति दिने तथा धार्मिक पर्यटकहरूलार्इ परमिट दिनेसम्मका काम गरिरहेको थियो ।
केहीअघि नेपालका प्रधानमन्त्री के.पी. शर्मा अोली भारतको भ्रमणमा जाँदा भारतीय पक्षलार्इ बिराटनगरको फिल्ड अफिस बन्द गर्न भनेका थिए ।
भारतीय दुताबासद्वारा जारी विज्ञप्तिमा बिराटनगर फिल्ड अफिसबाट यसअघि हुँदै अाएको सबै काम काठमाडाैंको लैनचाैरस्थित भारतीय दुताबासबाटै हुने उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया