चलचित्र ‘हिम्मतवाली’का नायक मानव तस्करीमा संलग्न !

काठमाडाैं-नेपाली चलचित्र हिम्मतवालीका नायक सुदर्शन गौतम वर्षौंदेखि मानव तस्करीमा संलग्न रहेको खुलेको छ ।

अमेरिकी सामुद्रिक मार्ग पाभोमा अड्किएको पानीजहाजमा १८ दिन अलपत्र परी नेपाल फर्किएका बाँके कोहलपुरका जसोदा चन्द र पुष्प चन्दको जाहेरीपछि थापा मानव तस्करीमा संलग्न रहेको खुलेको हो ।

उनीहरूसँगै अमेरिका जान लागेकी भक्तपुरकी सुमित्रा कुँवरको भने जहाजमै मृत्यु भएको थियो ।

प्रहरीका अनुसार हाइटीस्थित पोर्ट अफ वेबाट समुद्री बाटो हुँदै अमेरिका छिर्न लागेका उनीहरू सवार पानीजहाज पाभोस्थित समुद्रमा बिग्रिएको थियो ।

जहाजमा उनीहरूसहित भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट लगिएका १५ युवती सवार थिए । जहाज अड्किएको १४ दिनपछि सुमित्राको स्वास्थ्य बिग्रिएको थियो ।आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?